काठमाडौंः इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं-तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ ।
योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट www.cginspiringlife.com/category/festiboffers बाट बुकिङ गरेर खरिद गर्नुपर्नेछ ।
यसरी खरिद गरेर बम्पर उपहारमा ३ भाग्यशाली विजेताले सिजीको माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र स्पिकर प्राप्त गर्नेछन् । यसमा २० देखि ४३ इन्चसम्मको टिभी खरिदमा ३० प्रतिशतसम्म नगद छुट पनि दिइने कम्पनीले बताएको छ ।
सोभन्दा ठूलो टिभी खरिदमा भने नगद छुटका साथमा सिजीकै स्पिकर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साइड बाई साइड र मल्टी डोर रेफ्रिजेरेटर खरिदमा सिजी ब्रान्डको मिक्स्चर र नगद छुटको पनि पाइनेछ ।
डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको प्रेसर कुकर उपहार राखिएको छ । सिंगल डोर रेफ्रिजेरेटरमा पनि आकर्षक नगद छुट राखिएको छ ।
फ्रन्टलोड वासिङ मेसिनमा भने मिक्स्चर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा आइरन, माइक्रोवेभ ओभनमा कुकिङ किट उपहार राखिएको छ कम्पनीको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया