भाद्र २, २०८३ मंगलबार August 18, 2026

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ताले गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ भदौः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ४८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९ दशमलव ९७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ८८ अङ्कले घटेर एक सय ५५ दशमलव ७६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर रु पाँच अर्ब सात करोड ३५ लाख १८ हजार ६६२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ मध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । आज ५६ कम्पनीको सेयर मूल्य बढ्नुका साथै २१८ कम्पनीको सेयर घटेको छ भने पाँच कम्पनी स्थिर छन् ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इञ्जिनियरिङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आज कमाएका छन् । त्यस्तैगरी सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार