भाद्र १३, २०८३ शनिबार August 29, 2026

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग

बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग प्रदान गर्ने भएको छ ।

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैङ्क, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत सो सहयोग उपलब्ध गराइएको हो ।

त्यसैगरी, आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट पनि सबैको एक दिनको तलब बराबरको रकम उपलब्ध गराउने निर्णय भएको ग्रुपले जनाएको छ ।

यसै अवसरमा सहयोग स्वरूप भन्दै आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको तथा खल्ती आइएमई मोबाइल वालेट मार्फतसमेत सरकारको कोषमा सिधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । सो समूहले आग प्रकाशन गरेको विज्ञप्तिमा आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको छ ।

आइएमई ग्रुपले अकल्पनीय विपद्मा बेपत्ताको खोजी, घाइतेहरूको उपचार, प्रभावितका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।

सो समूहले देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार