काठमाण्डाैंः पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४ सय ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
तीमध्ये १४९ महिला र ३२५ पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया