भाद्र १७, २०८३ बुधबार September 2, 2026

विपद्पीडित ग्राहकका लागि बैङ्किङ सेवा थप सहज बनाउन राष्ट्र बैङ्कको निर्देशन

प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई बैङ्किङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार सूचना जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकीन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो ।

प्राकृतिक विपद्का कारण बैङ्किङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाइ भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सूचनाअनुसार बैङ्क तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकीन गर्न सक्नेछन् । त्यसका आधारमा विषम परिस्थितिमा  ग्राहकलाई आवश्यक बैङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा धेरै नागरिकले व्यक्तिगत कागजात, बैङ्किङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैङ्कको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्पीडित ग्राहकका लागि बैङ्किङ सेवा थप सहज बनाउन राष्ट्र बैङ्कको निर्देशन
२०८३ भाद्र १७, बुधबार
Govind Tandon Appointed Chairman of Guthi Sansthan
२०८३ भाद्र १७, बुधबार
गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना
२०८३ भाद्र १७, बुधबार
नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारलाइ आग्रह
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढीमा ज्यान गुमाएका कर्णालीवासीले पाउने भए २ लाख बीमा रकम
२०८३ भाद्र १७, बुधबार
अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग
२०८३ भाद्र १७, बुधबार
पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल
२०८३ भाद्र १७, बुधबार