काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२र८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ । प्रस्तावित बोनस सेयर पारितपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम हुनेछ । बैंकका देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया