रोल्पा, २१ भदौः गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग मा यातायात सेवा अवरुद्ध भएको छ ।
रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया