भाद्र २१, २०८३ आइतबार September 6, 2026

सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार (भदौ २१) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतिटोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार तोलामा २ हजार ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ पुगेको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतिटोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया