भाद्र २९, २०८३ सोमबार September 14, 2026

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व

१८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, २९ भदौः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ सवारी चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कारबाहीको सङ्ख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरमा ४१४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।

पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ सवारी दुर्घटना भएका थिए । पहिलो छ महिनामा ३५ र पछिल्लो छ महिनामा २९ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ ।

प्रमुख विष्टले कारबाही मात्रै गरेर सवारी दुर्घटना नियन्त्रण गर्न नसकिने भन्दै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको चेतना र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो । “कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुप¥यो”, उहाँले भन्नुभयो, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो ।”

गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ भने लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार