काठमाडौँ, असोज १ गते । भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि गुरु रिन्पोचेले एक करोड ५० लाख प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ ।गुरु रिन्पोचेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा गुरु रिन्पोचेको पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियार पनि सहभागी हुनुहुन्थ्यो ।
गुरु रिन्पोचेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनः स्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया