असार २८, २०८२ शनिबार July 12, 2025

भारतीय रअ चिफ गोयल नेतृत्वको टोली अकस्मात नेपाल भ्रमणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित ९ जनाको टोली विशेष विमानमा काठमाण्डौं अवतरण गरेको छ ।

उनिहरु विशेष विमान (आईएफसी ४६२०) वाट बुधबार अपरान्ह १२ः ४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौं अवतरण गरेका हुन् । उनी काठमाडौंमा करिब २१ घन्टा बस्नेछन् ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ ब्यक्तित्वहरुसँग आज राती महत्त्वपूर्ण भेटघाट सक्ने गरी यतै बस्ने र विहिबार बिहान साँढे ९ बजे सोही विमानबाट स्वदेश फर्कने छन् । गत असारमा रअ प्रमुख नियुक्त भएपछि गोयलको यो दोस्रो नेपाल भ्रमण हो ।

उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत रहेको उच्च सुरक्षा स्रोतको दाबी छ ।  रअ चिफको नेपाल भ्रमणबारे परराष्ट्रमन्त्रालयमा कुनै औपचारिक जानकारी नभएपनि उनले सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बताईएको छ ।

नेपालमा रहँदा उनी सहितको टोली भारतिय राजदुताबास लैनचौरमा बस्नेछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिशेष विमान अवतरण नगर्दै पुगेको दूताबासको ००१च ०२०९ नं काे गाडीमा सिधै चढेर लैनचौरको लागी प्रस्थान गरेका थिए ।

गत श्रावण ७ गते आकस्मिक रुपमा नेपाल आएका रअ का प्रमुख समान्तकुमार गोयल २ दिन नेपाल बसेर फर्किएका थिए । त्यतिवेला गोयल नेतृत्वको ५ सदस्यीय टोली काठमाडौंमा आएर बौद्धस्थित हायात होटलमा बसेको थियो । उक्त टोली नेपाल बसाई पाँच दिनभन्दा लामो हुने बताइएपनि बसाई छोट्याएर फर्किएको उच्च सुरक्षा स्रोतले बताउदै आएको थियो ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला ’रअ’को विशेष टोली काठमाण्डौं अवतरण गर्नुले सुरक्षा प्रमुखको फेर समातेर दुई देश बिच बिग्रिएको सम्बन्ध सुधार्न कोशेढुङ्गा हुने सरकारको दाबी छ । उनको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार