असोज ३, २०८३ शनिबार September 19, 2026

बाढी प्रभावित क्षेत्रबाट सेनाले गर्यो ४ हजार १९५ जनाको हवाई उद्धार

नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी रहेका छन् ।

नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा खोजीका क्रममा छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका छ शव बाहिर निकालिएपछि थप सात शव फेला परेका छन् । पछिल्लो खोजीमा ती सात शव पनि बाहिर निकालिएको सेनाले जनाएको छ ।

टनेलमा खोजी कार्य जारी रहेको छ । त्रिशूली–३ए को टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३बीको पावर हाउस क्षेत्रमा ३ एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरिए पनि केही फेला नपरेको सेनाले जनाएको छ ।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।

सेनाले साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्रीसमेत पुर्‍याइरहेको छ । सेनाको ड्रोनबाट नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३० हजार २७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् । उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन् ।

बाढीपीडित परिवारका धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यका लागि आवश्यक उपकरण ढुवानी र राहत वितरणमा समेत सेनाले सहयोग गरिरहेको जनाएको छ ।

त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ६ जनाले स्वास्थ्य सेवा लिएका छन् । हालसम्म त्यस्ता सेवाबाट ३ हजार ९९६ जना लाभान्वित भएका छन् ।

बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारमा सडक खुलाउने काम भइरहेको छ । बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि पनि नेपाली सेनासहित अन्य सुरक्षा फौज खटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
२०८३ असोज ३, शनिबार
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार