असोज ६, २०८३ मंगलबार September 22, 2026

आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक

स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १३० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४७ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ तथा घिउ सिमी (लोकल) ७० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ६० रुपैयाँ, लौका ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ८० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली ३०० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला ८० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १३० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार
बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह
२०८३ असोज ६, मंगलबार
अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ असोज ६, मंगलबार
नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
२०८३ असोज ६, मंगलबार
एसियाड महिला कबड्डी : थाइल्यान्डलाई पराजित गर्दै नेपालको सुखद सुरुआत
२०८३ असोज ६, मंगलबार
जुम्लाको हाँकु चौरमा ओपन टी–२० क्रिकेट ‘केपीएल’ प्रतियोगिता
२०८३ असोज ६, मंगलबार