असोज ९, २०८३ शुक्रबार September 25, 2026

राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा कायम भएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम भएको छ।

खाडी मुलुक तथा श्रम गन्तव्यका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ११ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा तोकिएको छ।

यस्तै थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १८ पैसा र बिक्रीदर ११ रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५ रुपैयाँ ५६ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुनसक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार