काठमाण्डौंः पूर्व सञ्चारमन्त्री एवं नेकपा नेता गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले आफु र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक संजालमार्फत गराएका छन् ।
बिहीबार अपरान्ह एक ट्विट गर्दै बाँस्कोटाले आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन् । बास्कोटाले आफुले पछिल्लो दश दिनदेखि कसैलाई नभेटेको समेत बताएका छन् ।
बास्कोटाले आफुलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जानकारी गराएका छन् । बास्कोटाले आफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया