असोज १०, २०८३ शनिबार September 26, 2026

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार र एकीकृत स्वास्थ्य सेवा तथा पोषण प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।

विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उहाँले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताए ।

उनले बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बताए ।

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई नि:शुल्क सेवा उपलब्ध गराउनुपर्ने बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नेभन्दा रोगको रोकथाम र सचेतनामा ध्यान दिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम बौधिकता (एआई)लाई थारु भाषा सिकाउने प्रयास
२०८३ असोज १०, शनिबार
आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः संयोजक डा कोइराला
२०८३ असोज १०, शनिबार
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग
२०८३ असोज १०, शनिबार
विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै
२०८३ असोज १०, शनिबार
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार