असार २९, २०८२ आइतबार July 13, 2025

मुख्यमन्त्री पौडेललाई कोरोना पुष्टीसँगै हेलिकोप्टरमा काठमाण्डौं ल्याइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शुक्रबार दिउँसो उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । अहिले मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ ।

उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका लागि लगिएको छ । केही समयअघि मात्र उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया