असार २६, २०८२ बिहिबार July 10, 2025

माछापुच्छ्रे बैंकले यो वर्ष शेयर धनीहरुलाई अन्तरिम लाभांश दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माछापुच्छ्रे बैंकले यो वर्ष शेयर धनीहरुलाई बोनस शेयर, नगद लाभांश र अन्तरिम लाभांश दिने भएको छ । उक्त कम्पनीले ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव कात्तिक ६ गते २२ औं वार्षिक साधारण सभा गरी पारित गर्ने योजना बनाएको थियो ।

कोरोना संक्रमण बढ्दै गएकाले साधारण सभा बस्थगित गरेको उक्त कम्पनीले २ दशमलव ८५ प्रतिशत अन्तरिम लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ३० गतेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभामा अनुमोदन गराउने गरी अन्तरिम लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू.१ अर्ब २५ करोड २० लाख ४२ हजार नाफा कमाएको थियो । असोज ६ गते बिहीवार उक्त कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू.२२९ कायम भएको छ । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार