असार २३, २०८२ सोमबार July 7, 2025

धापासीमा भएको युवक हत्यामा संलग्न थप दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको धापासीमा हत्या गरिएका युवकको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले हत्यामा संलग्न भएको आरोपमा संखुवासभाका १९ वर्षीय दोर्जे शर्पा र टोखा बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ पक्राउ गरेको हो ।

शुक्रबार भएको ग्याङफाइटमा मारिएका २५ आशिष मगरको हत्यामा संलग्न फरार उनीहरुलाई शनिबार र आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मगरको छातीमा छुरा प्रहार गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार रवि थापा मगर र दिवश अधिकारी पक्राउ गरेको थियो ।

गम्भीर घाइते भएका मगरलाई उनका साथीहरूले उपचारको लागि चिरायू अस्पताल लगेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया