काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल अंकतालिकामा शिर्षस्थानमा उक्लिएको छ । गएराति वेस्ट ह्यामसँगको खेलमा एक गोलले पछि परेको स्थितिलाई परिवर्तन गर्दै लिभरपुलले महत्वपूर्ण जित हासिल गरेको हो ।
खेलमा वेस्ट ह्यामका फोरनाल्सले १० औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर, सलाहले पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए । खेलको अन्ततिर जोटाले गोल गरी लिभरपुललाई तीन अंक दिलाए ।
जीतपछि सात खेल खेलिसकेको लिभरपुल १६ अंकसाथ शिर्षस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ औं स्थानमा छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया