असार २५, २०८२ बुधबार July 9, 2025

भियनामा ‘आतंकवादी’ हमला : ४ जनाको मृत्यु, १५ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रियाको राजधानी भियनामा सोमबार राति भएको ‘आतंकवादी’ आक्रमणमा चार जनाको मृत्यु भएको छ । मारिनेमा तीन जना सर्वसाधारण र एक जना आक्रमणकारी रहेको अधिकारीहरुले जनाएका छन् ।

मृतक तीन जना सर्वसाधारणमध्ये दुई जना पुरुष र एक जना महिला रहेकी छन् । आक्रमणकारी भने पुरुष रहेको अस्ट्रियाका आन्तरिक मामिलामन्त्री कार्ल नेहमाले जानकारी दिएका छन् ।

परिचय नखुलाइए पनि आन्तरिक मामिला मन्त्री नेहमाले आक्रमणकारी इस्लामिक स्टेट(आईएस) समर्थक भएको दाबी भएको जनाएका छन् । अस्ट्रिया वाक स्वतन्त्रतासहितको प्रजातन्त्रिक मुलुक भएको र एक अर्को धार्मिक समुदायप्रति सहनशील भएको अस्ट्रियालाई आक्रमणकारीले विभाजन गर्न खोजेको मन्त्री नेहमाले बताए ।

भियनाको मुख्य सहरी क्षेत्रमा रहेको यहुदी समुदायको प्रार्थनास्थलबाहिर आक्रमणकारीले गोली चलाएका हुन् । प्रार्थनास्थललाई नै निसाना बनाएर आक्रमण गरिएको हो होइन भन्नेबारे स्पष्ट केही नखुले पनि अस्ट्रियाका चान्सलर सेबास्टियन क्रुजले यसलाई ‘घृणित आतंकवादी आक्रमण’ बताएका छन् ।

भियना प्रहरी विभागका अनुसार आक्रमणकारीले राइफल र अन्य ह्यान्डगन बोकेका थिए । आक्रमणकारीले कम्मरमा बाँधेको विस्फोटक पदार्थसहितको बेल्ट भने नक्कली भएको प्रहरीले बताएको छ । अधिकारीहरुका अनुसार आक्रमणमा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशंका गरिएको छ ।

आक्रमणमा परी १५ जना गम्भीर घाइते भएका छन् । तीमध्ये एक जना प्रहरीका अधिकृत रहेको पनि भियना प्रहरीले जनाएको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार