असार २२, २०८२ आइतबार July 6, 2025

अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनद्वारा सन्यासको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । अष्ट्रेलियाका पूर्व अलराउण्डर वाटसनले मंगलबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

वाटसनले आफ्नो वेबसाइटमा एक भिडियो पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन् । ३९ वर्षीय वाटसनले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट चेन्नई सुपर किङ्सबाट खेलेका थिए ।

तर, चेन्नई लिग चरणबाटै बाहिरिएको थियो । चेन्नई बाहिरिएसँगै वाटसनले सन्यास घोषणा गरेका हुन् । उनले आईपीएलको १ सय ४५ खेलमा ३ हजार ८ सय ७४ रन बनाएका छन् । उनले ९२ विकेट समेत लिएका छन् ।

वाटसनले अन्तराष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ सन्यास लिएका थिए । तर, उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आइरहेका थिए ।  विश्वकप विजेता वाटसनले अष्ट्रेलियाका लागि ५९ टेस्ट खेलेका थिए । यस्तै १ सय ९० एकदिवसीय र ५८ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार