श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कनेक्ट आईपीएसमा अब फिङ्गरप्रिन्टबाटै लगईन र कारोबार गर्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कनेक्ट आईपीएसले आफ्नो मोबाइल एपमा नयाँ फिचर थप गरेको छ । नेपाल क्लियरिङ हाउसद्धारा सञ्चालित कनेक्ट आईपीएसको एन्ड्रोइड तथा आईओएस एपमा सहजताका लागि फिङ्गरप्रिन्टबाटै लगईन तथा कारोबार गर्न सकिने फिचर ल्याइएको हो ।

कम्पनीका अनुसार नयाँ अपडेटमा थप सुधारिएको युजर इन्टरफेस र अन्य फिचर समेत रहेका छन् । प्रयोगकर्तालाई कनेक्ट आईपीएसको मोबाइल एपमा छिटो छरितो रुपमा लगईन गर्न तथा बायोमेट्रिकको रुपमा फिङ्गरप्रिन्ट प्रयोग गर्न सकिने विकल्पको रुपमा यो फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

यसबाट प्रयोगकर्ताले युजरनेम तथा पासवर्ड नराखेरै एपमा लगईन गर्न सक्नेछन् । यसका लागि पहिलो पटक फिङ्गरप्रिन्टलाई सेभ गर्नुपर्ने हुन्छ ।

फिङ्गरप्रिन्टबाटै कारोबार गर्न सकिने

नयाँ अपडेटसँगै थप गरिएको बायोमेट्रिक फिचरको सहयोगमा प्रयोगकर्ताले एपबाटै भुक्तानीको कार्य समेत गर्न सक्नेछन् । यसलाई कारोबार गर्दा पासवर्डको विकल्पमा त्यसको प्रमाणीकरण कार्यमा प्रयोग गर्न सकिनेछ । यसबाट प्रयोगकर्ताले तत्कालै झन्झट रहीत रुपमा कारोबार गर्न सक्नेछन् ।

व्यक्तिगत कारोबारमा क्यूआर कोड

कनेक्ट आईपीएस सिस्टममा छिटो छरितो रुपमा रकम ट्रान्सफर गर्नका लागि क्यूआरमा आधारित फण्ड ट्रान्सफर फिचर समेत थप गरिएको छ । कनेक्ट आईपीएस मोबाइल एप प्रयोगकर्ताले आफ्नो क्यूआर कोड तयार पारी फण्ड ट्रान्सफरका लागि अन्य प्रयोगकर्तासँग शेयर गर्न सक्नेछन् ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार