काठमाण्डौंः काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये ५७० जना पुरूष र ७६८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।
आज पनि सबैभन्दा धेरै बागमती प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै १६ सय ६३ जना कोरोना संक्रमित भेटिएका छन् ।
त्यसमध्ये १३ सय ३८ जना काठमाण्डौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमित भेटिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया