श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्लाज्मा दिन वा लिन चाहनुहुन्छ ? डाउनलोड गर्नुहोस् यो एप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमण भएर उपचाररत बिरामीलाई निको भएका व्यक्तिहरुको प्लाज्मा उपलब्ध गराउन मोबाइल एप तयार भएको छ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको व्यक्तिगत प्रयासमा प्लाज्मा एप सार्वजनिक भएको हो ।

हाल एन्ड्रोइडमा मात्रै उपलब्ध यो एप सार्वजनिक भएको ४ दिनमै एक हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् भने ४.७ को रेटिङ छ । तीन जना सफ्टवेयर इन्जिनियरको सहयोगमा एप तयार पारिएको पौडेलले जानकारी दिए ।

‘यस अवधिमा ६१ जना व्यक्तिले आफू प्लाज्मा दिनका लागि तयार रहेको भन्दै फारम भर्नुभएको छ । तर ११ जनालाई मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको छ’ उनले भने, ‘उपलब्ध सबै प्लाज्मा उपयोगमा आउन भने सकेको छैन ।’

प्लाज्मा लिने र दिने व्यक्ति दुवैको रक्त समूह मिल्नुपर्ने हुन्छ । ओ पोजेटिभ ब्लड ग्रुप भएका २३ जनाको प्लाज्मा उपलब्ध भए पनि लिनेको संख्या भने ३ जना मात्र छ । तर बी पोजेटिभका लागि माग भए पनि उक्त समूहको प्लाज्मा भने पर्याप्त मात्रामा उपलब्ध नरहेको पौडेलले जानकारी दिए । हालसम्म बी पोजेटिभ रक्त समूहका दुई जनाले मात्र प्लाज्मा दान गर्न भ्याएका छन् ।

‘प्लाज्मा भएको मान्छे काठमाडौंमा छ । तर माग भने पोखरा र विराटनगरबाट आइरहेको छ,’ पौडेलले भने, ‘चाहिएको स्थानमा प्लाज्मा दिने व्यक्ति उपलब्ध नहुँदा समेत दुवैलाई जोड्न समस्या भएको छ ।’एन्ड्रोइड एप डाउनलोड गरेर प्लाज्मा दिने र लिने व्यक्तिहरु आपसमा निःशुल्क रुपमा जोडिन सक्छन् । यसरी बिरामी रहेको स्थानमा पुगेर डोनरले आफ्नो प्लाज्मा दान गर्न सक्नेछन् ।

प्लाज्मा लिने/दिने कसरी ?  

१. सुरुमा यहाँ क्लिक गरी प्लाज्मा एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।

२. अब एप खोल्नुहोस् र अगाडि बढ्नुहोस् । अनि सँगै देखिएको गुगलको लोगोमा दबाएर आफ्नो जिमेल आईडी छनौट गर्नुहोस् ।

३. अब एपले तपाईंको गुगलमा रहेको व्यक्तिगत सूचना र ईमेल एड्रेस हेर्ने अनुमति माग्नेछ । त्यसमा तल दायाँतर्फ रहेको अलाउ बटनमा ट्याप गर्नुहोस् ।

४. अब गुगल लोगोमा थिचेर अगाडि बढ्नुहोस् । त्यहाँ तपाईंले आठ वटा रगत समूह सहितका प्लाज्मा दिने र लिनेका लागि दुई वटा खण्ड देख्नुहुनेछ ।

५. जसमा तपाईं आफ्नो रगत समूहमा ट्याप गरी प्लाज्मा दिन वा लिन चाहनेको नाम, सम्पर्क नम्बर, अस्पताल र आवश्यक मात्रा जस्ता विवरण फेला पार्न सक्नुहुनेछ ।

६. साथै यो सूचीमा डोनर वा प्लाज्मा आवश्यक परेको बिरामीको रुपमा आफ्नो नाम उल्लेख गर्न चाहनुहुन्छ भने एपको तल बीच तथा दायाँ भागमा क्रमशः डोनर र प्लाज्मा लिन चाहनेका लागि फाराम दिइएको छ । जसमा तपाईंले आफू रहेको प्रदेश, जिल्ला, फोन नम्बर, रगत समूह, मिति आदि जस्ता विवरण भरेर रजिस्टर गर्न सक्नुहुनेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार