असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्री केपी ओलीको विकल्प छैन : प्रवक्ता गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रस्ट पारेका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरे।

नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस्।”

वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने उनले बताए। “फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, समृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु,” उनले भने।

उनले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउँदै जतिसक्दो चाँडो सङ्‍घीय निजामती सेवा ऐन संसद्बाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले मन्त्रालयअन्तर्गतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने उल्लेख गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रबाटै नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने बताए।

सङ्‍गठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि वकासमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार