असार २४, २०८२ मंगलबार July 8, 2025

अवैध १६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  वीरगञ्जबाट एक भारतीय नागरिक स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतको रक्सौल पूर्वी चम्पारण १० का ५० वर्षीय कृष्ण कुमार जैनलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आइतबार दिउँसो प्रहरीले वीरगन्ज महानगर ८ माईस्थान चोकबाट पक्राउ गरे पनि आज सार्वजनिक गरेको हो । रक्सौलबाट जैन ना६४प ९०५६ नम्बरको मोटरसाइकल चढेर वीरगन्ज तर्फ आउँदै थिए । सोही क्रममा प्रहरीले जाँच गर्दा नेपाली १६ लाख रुपैयाँ बरामद भएको बताईएको छ ।

तर, रुपैयाँको स्रोत खुलाउन नसक्दा उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका जैन हुन्डी कारोबारी रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया