काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट १ हजार १४८ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ८५३ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ६४ हजार २१४ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार ५८ जना रहेका छन् भने आईसोलेशनमा ३८ हजार ३५ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौँमा १ हजार १४१ जना, भक्तपुर जिल्लामा ८६ जना र ललितपुर जिल्लामा १९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया