असार २८, २०८२ शनिबार July 12, 2025

बुधबार थप २ हजार ५६९ जनामा कोरोना संक्रमण – एकैदिन २६ जनाको कोरोनाबाट मुत्यु पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा बुधवार थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार १७४ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ७४ हजार २९५ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १०९ जना रहेका छन् भने  आईसोलेशनमा ३८ हजार ९१२ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार २६१ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार  काठमाडौं जिल्लाका ९७६ जना, भक्तपुर जिल्लाका ८१ जना  र ललितपुर जिल्लाका २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया