श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कनेक्ट आईपीएस डिजिटल किनमेल अफरः ठूलो डटकम र कल्पमार्टमा सामान किन्दा १५ प्रतिशत छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यसपालीको तिहारमा अनलाइन किनमेल अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गन नेपाल क्लियरिङ हाउस लिमिटेडले एनआइसी एसिया बैंक लिमिटेडसँग सहकार्य गरी कनेक्ट आईपीएस डिजिटल किनमेल अफर ल्याएको छ ।

यस अफर अन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रतिकारोबार १५ प्रतिशत (अधिकतम रु. ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेबसाइट, यसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाईल/इन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेबसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार