असार २३, २०८२ सोमबार July 7, 2025

सिरहामा लाखौं नक्कली नोटसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिरहामा प्रहरीले ६ लाख ८४ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। गोलबजार नगरपालिका-६ बाट एक हजार रूपैयाँ दरका ६ लाख ८४ हजार रूपैयाँको नक्कली नोट प्रहरीले बरामद गरेको हो।

प्रहरीले एक थान ल्यापटप, एक थान प्रिन्टर, एक थान प्लास्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरू पनि बरामद गरेको छ। नक्कली नोट प्रिन्ट गरेको आरोपमा तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका-७ भेडिया बस्ने २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिक-१२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय सञ्जय राय रहेका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया