असार २६, २०८२ बिहिबार July 10, 2025

बैंकका सबै शाखा आजदेखि सोमबारसम्म बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सबै बैंकका शाखा आज शनिवारदेखि तीन दिनसम्म बन्द भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष भने कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सेवा बन्द गरेका हुन् ।

सीमित शाखा खोलेर बैंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले बताएको छ । सबै बैंकका शाखाहरु बन्द भएपनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया