असार २३, २०८२ सोमबार July 7, 2025

आफ्नै बाबुले चक्कु प्रहार गर्दा छोराको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए ।

बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताएका छन् ।

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको डीएसपी राठौरले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया