श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्मार्टफोनको ब्याट्री बिग्रिन नदिन थाहा पाइराख्नुहोस् यी ७ टिप्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोबाइलमा आउने समस्याहरुमा एउटा प्रमूख समस्या हो, ब्याट्री । मोबाइलको ब्याट्री  प्रविधि वर्षेनी सुधार हुँदै गइरहेको छ । यद्यपी यसमा अझै पनि धेरै समस्याहरु छन् । तपाईंले ब्याट्री फुल्ने गरेको देख्नु भएकै होला । यो पनि ब्याट्रीको एउटा आम समस्या हो ।

वास्तवमा यी कुराहरुले ब्याट्रीको स्वास्थ्य अवस्थाको पनि संकेत दिन्छ, जसलाई हामीले कहिल्यै पनि बेवास्ता गर्नुहुन्न । ब्याट्री बिस्फोट हुन सक्छ । यस किसिमको जोखिमलाई लिएर हामी सधैं सचेत बस्नु पर्ने हुन्छ ।

लिथियम ब्याट्री-यसो नगर्नुहोस् 

अधिकांश मोबाइलहरुमा लिथियम ब्याट्रीहरु प्रयोग भएका हुन्छन् । यस्ता ब्याट्रीको आफ्नै किसिमका फाइदाहरु छन् । यसमा ठूलो स्टोरेज क्षमता, हाई इफिसेन्सी र पुनः प्रयोगको सम्भावना हुन्छ । तर यसको सुरक्षालाई लिएर मानिसहरुमा एक किसिमको त्रास व्याप्त छ ।

१. धेरै माथिबाट फोन नखसाल्नुहोस् 

यदि तपाईं आफ्नो फोनलाई हेलचेक्र्याई ढंगले चलाउँदै हुनुहुन्छ र बारम्बार माथिबाट खसाल्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त यसले तपाईंको फोनको देखिने बाहिरी पाटो अर्थात स्क्रिनलाई बिगार्छ ।

तर भित्रभित्रै यसले तपाईंको ब्याट्रीमा समेत क्षति पुर्‍याइरहेको हुन्छ । लिथियम आयन ब्याट्रीहरु स्वभावैले पनि एकदमै धेरै तात्ने गर्छन् । साथै यस्ता ब्याट्रीहरुको विस्फोट हुने खतरा पनि उत्तिकै हुन्छ ।

२. हाई चार्जिङ करेन्ट प्रयोग नगर्नुहोस्

कहिले काँही तपाईं आफ्नो डिभाइस ओभर भोल्टेज र अस्वभाविक करेन्ट फ्लोमा चार्ज गर्नुहुन्छ । यसले तपाईंको ब्याट्रीलाई एकदमै जोखिमपूर्ण अवस्थामा पुर्‍याउँछ ।

लिथियम ब्याट्रीको चार्जिङ र डिसचार्जिङ वास्तवमा रसायनिक प्रतिक्रिया मात्र हो । चार्ज गरिरहँदा पोजेटीभ इलेक्ट्रोडको लिथियम एटोमले इलेक्ट्रोन लुज गर्छ र त्यो नेगेटिभ बन्छ ।

ब्याट्री डिस्चार्ज हुँदा यहि प्रक्रियाले उल्टो मोड लिन्छ । जब करेन्ट उच्च हुन्छ, तब चार्ज भइरहेको ब्याट्रीमा यो प्रक्रिया पनि तीव्र गतिमा भइरहेको हुन्छ । यसले आन्तरिक डिस्टर्बेन्स निम्त्याउँछ र स्मार्टफोनको ब्याट्रीलाई बिगार्दछ ।

३. ब्याट्रीलाई लगातार ओभर चार्ज नगर्नुहोस् 

राति सुत्ने समयमा हामी सामान्यतया फोनलाई चार्जमा छोडेर जाने गर्छौं । यसले ब्याट्रीलाई लगातार ओभर चार्ज गर्दछ । यसले ब्याट्रीमा आन्तरिक दबाव बढाएर त्यो फुल्न थाल्छ ।

जब यस्तो समस्या देखिन थाल्छ, तब ब्याट्रीले सुरुवातमा जस्तै इफिसेन्सी प्रदान गर्दैन र यो कम टिकाउ हुन्छ । हाल आइरहेका नयाँ मोबाइलहरुले ब्याट्री फूल भएको अवस्थामा करेन्टलाई रोक्ने प्रविधि पनि बिकास गरेका छन् ।

४. डुब्लिकेट तथा न्यून गुणस्तरका चार्जर प्रयोग नगर्नुहोस् 

डुब्लिकेट तथा न्युन गुणस्तरका चार्जरहरुले तपाईंको ब्याट्रीलाई आवश्यक पर्ने करेन्ट र भोल्टेज प्रदान गर्न सक्दैन । जसले गर्दा फोन ओभर चार्ज हुने र ब्याट्री चाँडै पुरानो हुने समस्या देखिन थाल्छ ।

५. उच्च तापमानमा फोनलाई लगातार चार्ज नगर्नुहोस् 

लिथियम ब्याट्री चार्ज गर्ने उपयुक्त तापमान भनेको २५ डिग्री सेल्सियससम्म हो । गर्मी समयमा वा बाहिरी वातावरण र चार्जरबाट आउने तापमानले ब्याट्री फुल्न थाल्छ र यसले ब्याट्रीको आयूलाई प्रभावित पार्दछ ।  

६. फोनलाई प्रयोग नगरी लामो समय यत्तिकै नराख्नुहोस् 

फोन निर्माता कम्पनीहरु फोनलाई नियमित करिब ५० प्रतिशत जति चार्ज गर्न सुझाव दिन्छन् । यसले फोनको ब्याट्री र आयूलाई कायम राख्न मद्दत गर्दछ ।

ब्याट्री लिथियम पोलिमरले बनेको हुँदा यसलाई लामो समयसम्म प्रयोग नगरी राख्दा यसले आन्तरिक परिवर्तनहरु ल्याउँदछ । जसले ब्याट्री फुल्ने र आफ्नो क्षमता गुमाउने जस्ता समस्या पनि निम्त्याउन सक्छ ।

यसबाहेक आफ्नो ब्याट्रीलाई कहिल्यै पनि तिखो वस्तुले नघोच्नुहोस् । यसलाई ६० डिग्री सेल्सियसभन्दा माथि नराख्नुहोस् । ब्याट्रीलाई जलाउने र कुच्याउने जस्ता काम गर्नुहुन्न ।

फास्ट चार्जिङले ब्याट्री बिगार्छ

कतिपय मानिसहरु अहिलेका फास्ट चार्जरले मोबाइल बिगार्ने बताउँछन् । उनीहरुको चिन्ता जायज हो । तपाईको ब्याट्रीलाई आवश्यकभन्दा बढी भोल्टेज र करेन्ट प्रवाह भयो भने यसमा नकरात्मक असर पर्दछ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार