असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्रीको ओलाङचुङगोला र घुन्सा भ्रमण स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्रीले आगामी ५ गते शुक्रबार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उनले घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत थियो ।

भ्रमण तयारीका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा थिए । फुङलिङ नगरपालिकाप्रमुख छत्रपति प्याकुरेलको अगुवाइमा जान लागेका सयौं कार्यकर्ता ट्याक्सी काउन्टरबाटै फर्किएको यात्राको समन्वय गरिरहेका गोपाल न्यौपानेले बताए ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको कार्यक्रम आएको थियो,’ उनले भने, ‘मौखिक रूपमा कार्यक्रम स्थगित भएको जानकारी आएको छ ।’

सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार