असार ३२, २०८२ बुधबार July 16, 2025

धरानमा उपचाररत दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सोमबार सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको सोमबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

त्यसैगरि, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया