काठमाण्डौंः सुनको मूल्य बुधबारको तलनामा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।
सोही कारण आज स्थानीय बजारमा समेत पँहेलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ ।
बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया