असोज १७, २०८३ शनिबार October 3, 2026

कपडा कारखानामा लुटेराको समूहले आगो लगाउँदा पाँच जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चिलीको टर्च कारखानामा लुटेराको समूहले आगो लगाउँदा पाँच जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार राजधानी स्यान्टिएगोमा विरोधप्रदर्शन चलिरहेका बेला लुटेराहरूले राजधानीनजिकै अवस्थित एउटा कपडा कारखानामा आगो लगाइदिएका थिए।

सरकारविरुद्धको प्रदर्शन जारी रहँदा त्यहाँका मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्।

मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन्।

अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ।

यसरी व्यापक प्रदर्शन हुँदै जाँदा लुटेरा समूहले भने बिग्रँदो अवस्थालाई चोरी तथा डकैती गर्ने उपयुक्त समयको रुपमा लिएको त्यहाँका प्रहरीले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार