काठमाण्डौंः भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ ।
शुक्रवार मात्रै ४५ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाखभन्दा बढी रहेको छ । भारतमा संक्रमण मुक्त भएकहरुको दर ९३ दशमलव ६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका छन् भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ । रासस/पिटिआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया