काठमाण्डौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् ।
कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको शनिवार अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
“लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने छ । यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, “मन्त्री भट्टले भने , “सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गरेका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया