असार २८, २०८२ शनिबार July 12, 2025

नेपालमा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा आज देशभर १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् भने २४ घण्टामा २ हजार ७९१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७९ पुगेको मन्त्रालयले बताएको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख ४ हजार ९५८ निको भइसकेका मन्त्रालयले जानकारी दिएको छ । आज २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया