काठमाण्डौंः यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनले फराकिलो जित निकालेको छ। डायानामो किवको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले ४-० गोलको सानदार जित निकालेको हो।
खेलका मार्टिन ब्रेथवेटले दुई गोल र एक एसिस्ट गरेका छन्। यससँगै उनी च्याम्पियन्स लिगको एकै खेलमा तीन गोलमा सहभागीता जनाउने दोस्रो डेनिस खेलाडी बने। उसले ग्रुप जीको शीर्षस्थानमा रहँदै अन्तिम १६ को यात्रा गरेको हो।
लियोनल मेस्सी सहभागी नभएको खेलमा बार्सिलोनाको सहज जितका लागि सर्जिनो डेस्टले सुरुवाती गोल गरे भने त्यसको पाँच मिनेट नवित्तदै ब्रेथवेटले अर्को गोल थपे।
ब्रेथवेटले ७० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्ज्युरी सयमा एन्टोनी ग्रिजम्यानले गोद गर्दै जितलाई ४–० को सहज अवस्थामा पुर्याए। यससँगै बार्सिलोना लगातार १७ वर्षसम्म नकआउट चरणमा प्रवेश गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया