काठमाण्डौंः अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेको छ ।
उक्त समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको अफगानी अधिकारी अफियानीले सिन्ह्वालाई बताए ।
प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेकोे छैन ।
अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षित रूपमा अपहरणमुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया