काठमाण्डौं: गोरखा नगरपालीका वडा नं ४ मा सडक स्तरोउन्नतीका कामलाई तिव्र पारिएको छ ।
गोरखा नगरपालिकाको विनियोजित रकमबाट गोरखा न.पा.४ स्थित पन्थेश्वाराबाट गोरखाबजार जाने बाटोको लागी स्तरउन्नती गरिएको हो ।
गोरखा न.पा.बाट आर्थिक वर्ष ०७७/०७८ को बजेबाट विनियोजन भएको रु ७ लाख रुपैयांको लागतमा उक्त्त सडकको स्तरउन्नतीको लागी कचओय ढलान भईरहेको गो.न.पा.४ का वडा अध्यक्ष रामशरण अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार उक्त्त सडक स्तरउन्नतीको लागी कचओय ढलानको कामको आफुबाट निरन्तर अनुगमन हुनाका साथै ढलानमा आवश्यक सामानहरु गुणस्तरीय प्रयोग भईरहेको बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया