असार २४, २०८२ मंगलबार July 8, 2025

तामाङको हत्यामा संलग्न पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रहरीले मातातीर्थका सानोकाजी तामाङको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले विसं २०७० पुस २१ गते मातातीर्थका सानोकाजी महर्जनको हत्यामा सङ्लग्न मातातीर्थकै २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले उच्च अदालत पाटनको २०७४ को आदेशअनुसार १८ वर्ष तीन महिना १७ दिन कैद फैसलापछि फरार रहेका विशाललाई बिहीबार मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको जानकारी दिए ।

मकवानपुरको बासपानीमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न मृतककी श्रीमती पूर्णलक्ष्मी तामाङ भने हालसम्म पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया