असार २४, २०८२ मंगलबार July 8, 2025

बाल यौन शोषणकाे आराेपमा फ्रान्सेली नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाल यौन दुराचार/शोषणकाे आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ काे बरौताबाट पक्राउ परेका छन् ।

१२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई याैन दुरुपयाेग/शाेषण गरेकाे आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् ।

उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया