असार २२, २०८२ आइतबार July 6, 2025

युरोपियन च्याम्पियन्स लिग- पीएसजीद्धारा म्यानचेस्टर युनाइटेड पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

समूह एच अन्तर्गत फ्रान्सेली क्लब पीएसजीले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलको अन्तरले हराएको हो । पीएसजीको जितमा नेइमारले २ र एक गोल माक्र्युनोसले गरे । त्यस्तै युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले फर्काए । युनाइटेडका फ्रेडले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।य

युनाइटेडलाई हराएको पीएसजीलाई नकआउट चरण पुग्न सहज भएको छ । पीएसजीले युनाइटेडलाई हराएपछि समूह एचमा पीएसजी, युनाइटेड र आरबी लेइपजिंगको ९/९ अंक रहेको छ । त्यस्तै इस्तानबुल बासाकसेहिरको ३ अंक छ ।

समूह एचको अर्को खेलमा आरबी लाइपजिंगले इस्तानबुललाई ४–३ गोलले हरायो । अब अन्तिम खेलमा पीएसजीले इस्तानबुलसँग खेल्नेछ भने युनाइटेडले आरबी लेइपजिंगसँग खेल्नेछ । समुह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार