असार २२, २०८२ आइतबार July 6, 2025

बार्सिलोनाको घरेलु मैदानमा युभेन्टसको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।

खेलको १३ औं मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२० औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर पार्यो । जान क्वाडराडोको क्रसलाई मकेनीले सानदार भली प्रहार गर्दै गोलरक्षक टेर स्टेगनलाई बचाउने कुनै अवसर दिएनन् ।

२५ औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा अल्भारो मोराटाको हेडरले पोस्टको दिशा लिन सकेन । ३० औं मिनेटमा मिरालेम प्यानिचको प्रहार बाहिरिंदा बार्सिलोनाले खेलमा फर्कन सकेन ।

क्याम्प नोउमा दोस्रो हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पायो । क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

५८ औं मिनेटमा मेस्सीको फ्रिकिकमा एन्टोइन ग्रिजमनको हेडर क्रसबारमा लाग्दै बाहिरियो । त्यसको केहिबेरमै म्यथिस डी लिग्टले ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टी दिएका थिए । तर भिएआरमा ग्रिजमन अफसाइड देखिएका थिए ।

७५ औं मिनेटमा युभेन्टसले अग्रता थप फराकिलो पारेपनि भिएआरमा उक्त गोलले मान्यता पाएन । लिओनार्डो बोनुचीले बललाई पोस्टभित्र छिराएपनि उनी रोनाल्डोको प्रहारअघि नै बलको पोजिसनभन्दा अघि पुगेका थिए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो ।

यस समूहको तेस्रो स्थानमा भने डिनामो किएभ रहयो । किएभले घरेलु मैदानमा फेरेन्कभारोसलाई १-० ले पराजित गर्दै ४ अंक सहित तेस्रो स्थानमा रहयो । फेरेन्कभारोस १ अंक जोड्दै पुछारमा रहयो । हाम्रो खेलकुद

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार