असार २५, २०८२ बुधबार July 9, 2025

घानामा निर्वाचनको क्रममा हिंसा, पाँचको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घानामा भएको निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले निर्वाचन भएको क्षेत्रमा कुल ६१ घटना भएको र केही घाइते समेत भएको जनाएका छन् । “देशभरी निर्वाचनसँग सम्वन्धीत ६१ ओटा घटना भएको विवरणहरु हामीलाई प्राप्त भएका छन्,” प्रहरी कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभरी भएको घटना विवरण सार्वजनिक गरेको हो ।

कुल घटना मध्ये छ ओटा घटनामा गोलीको प्रयोग भएको पनि प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । कडा प्रतिश्पर्धा देखिएको राष्ट्रपतिय निर्वाचनको नतिजा पुष्टि हुनु अगाडि नै हिंसात्मक घटनाको विवरण सार्वजनिक गरिएको हो । निर्वाचन आयोगले देशका १६ क्षेत्र मध्ये सात क्षेत्रको मात्रै नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार विपक्षी तर्फका उम्मेदबार जोन महामा थोरै मतान्तरले अगाडि हुनुहुन्छ भने बर्तमान राष्ट्रपति नाना अकुफो अड्डो पछाडि पर्नु भएको छ ।

गत सोमबार भएको राष्ट्रपतिय तथा संसदीय निर्वाचन सामान्यतः शान्त, स्वतन्त्र र निश्पक्ष नै भएको मानिएको छ । तर पछिल्लो समयमा निर्वाचनको निश्पक्षता माथी प्रश्न उठाउन थालिएको छ । घानाको निर्वाचनका लागि बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको थियो । मुलुकभरका २९ हजार मतदान केन्द्रहरुमा बिहान ०७ः०० बजेदेखि नै मतदानको व्यवस्था गरिएको थियो ।

स्थानीय समयानुसार बेलुकी पाँच बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । पश्चिमी अफ्रिकी राष्ट्र घानामा राष्ट्रपति र सांसदहरुको कार्यकाल चार वर्ष हुने संविधानमा उल्लेख गरिएको छ । (रासस-एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार