असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको पुरुष र महिला टोली घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ ।

बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ ।

यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर बुडाल, केशव साउद, जगदीश चन्द, प्रकाश नाथ, जीतेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन् ।

पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा भूपेन्द्र चन्द, वीरेन्द्र विष्ट र दीपेन्द्र भण्डारी रहेका छन् । छनोट गरिएका महिला खेलाडीमा मञ्जु बोकटी, आरती बोहरा, निर्मला बोहरा, बबिता बोहरा, अनिता नाथ, निर्मला भण्डारी, दिव्या कार्की, पूजा कार्की, मीना रावत, निशा भट्ट, भावना जोशी, सुनिता लोहार र दमयन्ती ओड रहेका छन् ।

यस्तै महिलाको वैकल्पिक खेलाडीमा रेनु पेला, तुलसी जोशी, मानवी विक र निर्मला रावल रहेका छन् । पुरुष टोलीको प्रशिक्षकमा शेरसिंह खत्री र महिला टोलीको प्रशिक्षकमा दीपेन्द्र बोहरालाई तोकिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर २१ गतेसम्म जिल्ला छनोट गर्न निर्देशन दिएको थियो ।

बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा मङ्सिर २२ गतेसम्म लकडाउन गरिएकाले छनोट खेल गर्न नसकिएको र गत वर्षको जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्राथमिकतामा राखेर छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो ।

छनोट भएको पुरुष टोलीले यही मङ्सिर २७ गतेदेखि कञ्चनपुरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ भने छनोट भएको महिला टोलीले आगामी पुस ४ गतेदेखि कैलालीमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट हुने जनाइएको छ ।

क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौँमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार